सार्वजनिक निष्काशनलाई परिमार्जन गर्न समिति गठन

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनलाई थप समयानुकुल परिमार्जन गर्नु पर्ने भन्दै अध्ययन समिति गठन गरेको छ। बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको बोर्डले जनाएको छ। धितोपत्र निष्कासन सहजीकरणको लागि अहिले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले काम गर्दै आइरहेको छ। सोही नियमावलीमा टेकेर प्राथमिक निष्कासन,ऋणपत्र तथा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनलाई थप समयानुकुल परिमार्जन गर्नु पर्ने भन्दै अध्ययन समिति गठन गरेको छ।

बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको बोर्डले जनाएको छ।

धितोपत्र निष्कासन सहजीकरणको लागि अहिले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले काम गर्दै आइरहेको छ। सोही नियमावलीमा टेकेर प्राथमिक निष्कासन,ऋणपत्र तथा डिबेञ्चर, हकप्रद,प्रिमियममा धितोपत्र निष्काशन,बुक बिल्डिङ्ग लगायत विधिबाट सार्वजनिक निष्कासन अनुमति दिने गरिएको छ। तर पछिल्लो समय भने उक्त नियममा टेकेर निष्कासन अनुमति दिइँदै आएको भएपनि प्रमियममा शेयर निष्कासन अनुमति र बुक बिल्डिङ बिधिमा प्रश्न उठ्न थालेको छ।

सोही अवस्थामा के कसरी अघि बढ्न सकिन्छ भनेर अध्ययन समितिले प्रतिवेदन लेख्नु पर्ने छ। सोही प्रतिवेदनको आधारमा बोर्डले आउने दिनमा निर्णय गर्ने व्यवस्था मिलाउने बताइएको छ।

Share News