
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरे । हाल संस्थाको कूल निक्षेप ८ अर्व ३५ करोड र कर्जा.५ अर्व ८४ करोड रुपैयाँ रहेको छ ।
यस संस्थाले हाल चिप बेस डेबिट कार्ड, एसएमएस अलर्ट, ईबैंकिङ, ईसीसी, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर, टपअप फेसिलिटी, विप्रेषण सेवा, डीपी, सी-एसबीए, क्यूआर टेलरलगायतका सेवा प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा ५ लाख रुपैयाँसम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।