काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औं साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका पदाधिकारी, सेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरू गरि कुल २१० जनाको उपस्थिती रहेको थियो । साधारण सभामा सञ्चालक समतिका अध्यक्ष हरिकृष्ण पन्तले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना सेयरधनीहरूले विचार तथा मन्तव्य राखेका थिए ।
सभामा मन्तव्य राख्दै सेयरधनी प्राडा फक्त वहादुर केसीले संस्थाको २६ औं साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी नै रहेको जनाए । संस्थापक तथा जन्मदाता डा हरिहर देव पन्तको विपन्नहरूको सेवा गरेर गरिबी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नरहेको बताए ।
सर्वसाधारण सेयरधनीहरूको जिज्ञासा र प्रश्नको जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले सेयरधनीको अपेक्षा अनुरुप लाभांश वितरण गर्न सक्ने आश्वासन दिए ।
हाल आन्तरिक तथा बाह्य वातावरणमा केही सुधार भएको आन्तरीक संचरनामा परिमार्जन गरिएको, संस्थामा आन्तरीक नियन्त्रण र गुर्णस्तर सुधारको लागि कर्मचारी जिम्मेवारी संरचनामा परिमार्जन गरेर कार्यसञ्चालन व्यवस्थापन गरिएकोले आगामी वर्षमा लाभांश वितरण गर्ने प्रवल सम्भावना भएको बताए ।
संस्थामा हाल सफ्टवेयर परिवर्तन गरेर असुली सम्बन्धमा प्रसस्तै सुचना हुने व्यवस्था गरिएको, सञ्चालकहरूले प्रसस्तै मार्ग निर्देशन गरेको र उनीहरुको मार्ग निर्देशनलाई आधार मानेर कार्य सञ्चालन गरिरहेको जानकारी गराए । संस्थाको अहिले सुधारउन्मुख रहेकोले आगामी वर्ष लाभांश वितरण गर्ने सकिने बताए ।