नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्णराज लामिछाने चयन

<p>काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ । संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसम्पन्न भएको छ ।

उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

Share News