५ अंकले बढेको सेयर बजारमा ४ अर्ब बढीको कारोबार

<p>काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२७ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य बढेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३२७ कम्पनीको ९३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, रिभर फल्स पावरको १७ करोड, रसुवागढी हाइड्रोपावरको १२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड र नेपाल फाइनान्सको ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज उपकार लघुवित्त, डोरदी खोला जल विद्युत र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

Share News