काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँड सम्पन्न भएको छ । बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा इकाई बाँडफाँड सम्पन्न भएको हो ।
उक्त बाँडफाँडबाट एक अर्ब २५ करोड रुपैयाँ इकाई कायम गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले पुस ७ गतेदेखि ११ गतेसम्म बन्दमुखी योजनाको बीज पूँजीसहित अंकितमूय १० रुपैयाँको दरले दश करोड इकाई निष्काशन गरेको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरुमार्फत १२ करोड १८ लाख ७८ हजार इकाईकाक लागि आवेदन परेको थियो ।
इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि इकाई कायम गरिएको क्यापिटलले जनाएको छ ।