आइसिएफसि फाइनान्सका ग्राहकलाई यती एयरलाइन्समा छुट हुने

<p>काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकहरूलाई यती एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइने भएको छ । आइसिएफसि र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइसिएफसिका ग्राहकहरूलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनैपनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइसिएफसिको डेबिट कार्ड वा [&hellip;]</p>

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकहरूलाई यती एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइने भएको छ ।

आइसिएफसि र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइसिएफसिका ग्राहकहरूलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनैपनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइसिएफसिको डेबिट कार्ड वा आइसिएफसिको मोबाईल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट आइसिएफसिका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ ।

Share News