काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।