नेप्सेमा बुधबार भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा भने कुने परिवर्तन आएको छैन । आज ३०५ कम्पनीको ९४ लाख [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्यमा भने कुने परिवर्तन आएको छैन ।

आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो । जसमध्ये सबैभन्दा धेरै करोबार एनआरएन इन्फ्रास्ट्रक्चकर एन्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । एनआरएनको २१ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशुली जल विद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

बुधबार त्रिशुली जल विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढको छ ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ ०.७२, जीवन बिमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो ।

Share News