कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले &#8216;कुमारी परिवार सुरक्षा बचत खाता&#8217; योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले &#8216;कुमारी परिवार सुरक्षा बचत खाता&#8217; मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।

कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

Share News