काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज गर्दैछन् ।
त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ३ कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।
यस्तै, गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रिस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते पोखरा, कास्कीमा १८औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ ।
यस्तै, बुटवल पावर कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौँमा ३२औँ वार्षिक साधारण सभा बिहान ११ बजे आह्वान गरेको छ ।