५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछन् ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ५ कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । भोलि पुस १० गते क्रिसमस डेको सार्वजनिक बिदा भएका कारण आज अन्तिम दिन रहेको हो ।

मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

यस्तै, आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते बुटवल रुपन्देहीमा ११औँ वार्षिक साधारण सभा बिहान साढे ९ बजे बोलाएको छ ।

यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २८ गते मिथिला नगरपालिका ६ ढल्केबर, धनुषामा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ ।

यस्तै, माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते काठमाडौंमा ११औँ वार्षिक साधारण सभा बिहान १० बजे आह्वान गरेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते काठमाडौंमा १३औँ वार्षिक साधारण सभा साढे १० बजे डाकेको छ ।

Share News