एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई बनायो निराश, लाभांश नदिने

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष सेयरधनीलाई निराश बनाएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुष ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको गत आर्थिक [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष सेयरधनीलाई निराश बनाएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

पुष ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ ।

Share News