कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

<p>काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ । [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

Share News