पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको [&hellip;]</p>

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

Share News