शिवम् सिमेन्टको लाभांश घोषणा, बुकक्लोज कहिले  ?

<p>काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

यसका साथै सो बैठकले पुस २९ गते साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News