ज्योति विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

<p>काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ। बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ।

बैंकले उक्त आर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वाषिृक साधारणसभामा पेस गरेर अनुमोदन गरिने बैंकले जनाएको छ ।

Share News