एचआईडीसीएलको लाभांश घोषणा

<p>काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News