स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८औँ सभाले पारित गर्‍यो २५.५ प्रतिशत लाभांश

<p>काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पारित गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत वर्ष ४.७ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । तर, ३.३ अर्ब रुपैयाँ करपछिको वास्तविक मुनाफा रहेको बैंकले जनाएको [&hellip;]</p>

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पारित गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले गत वर्ष ४.७ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । तर, ३.३ अर्ब रुपैयाँ करपछिको वास्तविक मुनाफा रहेको बैंकले जनाएको छ ।

बैंकको इक्विटीमा प्रतिफल (आरओई) १९ प्रतिशत र प्रति सेयर आम्दानी ३४.७ रुपैयाँ रहेको छ । जुन बैंकिङ क्षेत्रकै उच्च हो ।

बैंककी अध्यक्ष जरीन दरुवालाले अन्तर्राष्ट्रिय बैंकको रूपमा नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको बताइन् ।

बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ।

Share News