काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ ।
मंगलबार ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
साथै, ३०३ वटा कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
जसमध्ये, सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको १८ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १७ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ११ करोड २७ लाख रुपैयाँ र नेपाल एसबिआइ बैंकको १० करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सबै कम्पनीहरूमा नकारात्मक सर्किट लागेको छ । साथै, ४ वटा उपसमूहबाहेक अरू बाँकी उपसमूह राताम्मे रहेका छन् । होटल तथा पर्यटन ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, माइक्रोफाइनान्स सूचक ०.३३ प्रतिशत र व्यापार सूचक ०.३३ प्रतिशतले उपसमूह बढेका छन् ।