१० प्रतिशत लाभांश वितरण गर्ने सानिमा माई हाइड्रोपावरको घोषणा

<p>काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर [&hellip;]</p>

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेको छ ।

Share News