नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते साेमबार सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन [&hellip;]</p>

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते साेमबार सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरू पारित गरेको छ ।

२०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी बनेको नेशनल लघुवित्त वित्तीय संस्था एघारौ वर्षमा  प्रवेश गरी २०८१ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख ३३ हजार विपन्न परिवार मध्ये १ लाख १२ हजार ऋणीहरूलाई २२ अर्ब रुपैयाँ कर्जा र करिव ६ अर्ब बचत परिचालन गर्न सफल भएको छ ।

सभाले ७,६५,३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमबाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।

संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्बद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रविधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि बढ्ने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए ।

Share News