मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

<p>काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपियाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्ने [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

फाइनान्सको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपियाँको ६.३५ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ ।

Share News