नेप्सेमा ४५ अंकको गिरावट, ७ अर्ब ४६ करोडको कारोबार

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ४५ दशमलव ९३ अंकले घटेर २६८९.०० बिन्दुमा कायम भएको छ । आज ३२१ स्टकको ८१ हजार ४०४ पटक कारोबारमा एक करोड ७३ लाख ९२ हजार २४४ सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड तीन [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ४५ दशमलव ९३ अंकले घटेर २६८९.०० बिन्दुमा कायम भएको छ ।

आज ३२१ स्टकको ८१ हजार ४०४ पटक कारोबारमा एक करोड ७३ लाख ९२ हजार २४४ सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै उपसमूह राताम्ये भएका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको ३.०७ प्रतिशतले घटेका छन् । त्यस्तै, व्यापार २.१३, लगानी १.३३, वित्त १.८४, बैंकिङ १.८६, विकास बैंक १.०४, होटल तथा पर्यटन १.८१ प्रतिशतले घटेको छ ।

आज खानीखोला हाइड्रोपारको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै दोल्टी पावर ८.७७ प्रतिशतले बढेको छ । आज मानुषी लघुवित्त, जीवन बीमा, जोशी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगाकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्राक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार कारोबार भएको छ । दोस्रोमा नेपाल फाइनान्स लिमिटेडको १५ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, रिभर फल्स पावर १५ करोड ६५ लाख, खानीखोला हाइड्रोपवार १३ करोड ७८ लाख र बेस्ट फाइनान्सको १२ करोड ९९ लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

Share News