१५ प्रतिशत लाभांश दिने मिथिला लघुवित्तको घोषणा

<p>काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १४.२८६ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । मंसिर २० गते [&hellip;]</p>

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १४.२८६ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

Share News