कुमारी बैंक र आशा लघुवित्तको सेयर बिक्रीमा, कुनको कति कित्ता ?

<p>काठमाडौं । कुमारी बैंक र आशा लघुवित्त वित्तीय संस्थको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २८ हजार ६६३ कित्ता सेयर बिक्रीमा राखेका हुन् भने आशा लघुवित्तका सेयरधनीले २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखिएको [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक र आशा लघुवित्त वित्तीय संस्थको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

कुमारी बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २८ हजार ६६३ कित्ता सेयर बिक्रीमा राखेका हुन् भने आशा लघुवित्तका सेयरधनीले २ लाख ७५ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंक र लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

Share News