
काठमाडौं । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटी २७३४.९३ बिन्दुमा पुगेको छ ।
बिहीबार सेयर बजारमा ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
यस्तै, ३०७ कम्पनीको १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने नेपाल फाइनान्स लिमिटेड रहेको छ ।
नेपाल फाइनान्स लिमिटेडले ४२ करोड १९ लाख रुपैयाँ बढीको कारोबार गरेको हो।
साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २९ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको २० करोड ८७ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको २० करोड ११ लाख र जानकी फाइनान्स लिमिटेडको १३ करोड ९८ लाख रुपैयाँ बढीको काराेबार गरेका छन् ।
आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्तलगायतको सेयर बढे पनि सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्सलगायतको सेयर मूल्य घटेको छ।
आज उपसमूहका लाइफ इन्स्याेरेन्स र व्यापार सूचकबाहेक अन्य राताम्य छन् ।