काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, फाइनान्सले गत आर्थिक वर्ष २०८०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् संस्थाले आगामी साधारण सभा बोलाउनेछ ।