यी ३ कम्पनीको सेयरधनी बने २० प्रतिशतसम्म लाभांश पाइने, कुनको कति ?

<p>काठमाडौं । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सूर्यज्योति र एनआरएन इन्फ्रास्ट्रक्चरले मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर [&hellip;]</p>

काठमाडौं । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २० गते अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सूर्यज्योति र एनआरएन इन्फ्रास्ट्रक्चरले मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते बुकक्लोज गर्दैछन् । त्यसैले आज मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले मात्रै उक्त कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूर्यज्योति लाइफले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको करसहित २० प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे वार्षिक १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस १२ गते बिहान ९ बजे आम्रपाली व्यान्क्वेट काठमाडौंमा १२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस ११ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

Share News