१५ प्रतिशत नगद लाभांश बाँड्ने माउन्टेन इनर्जी नेपालको घोषणा

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.०७८९५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन् [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.०७८९५ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश छन् । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

Share News