
काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ ।
विगत एक वर्षदेखि ईसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।
हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच ईसेवा मनी ट्रान्सफरको प्रधान कार्यालय पुलचोकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइराला र दीपेन्द्रसिंह ऐरीबीच पुन: ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा ब्रान्ड प्रवर्द्धक ऐरीले ईसेवा मनी ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे ।
ईसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी ऐरीजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनी ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो । जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ ।