सूर्योदय वोमी लघुवित्तको ७ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लघुिवत्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँको ६ प्रतिशतका दरले ६ करोड [&hellip;]</p>

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

लघुिवत्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार रुपैयाँको ६ प्रतिशतका दरले ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले १ करोड ४ लाख ३६ हजार ६६३.१७ रुपैयाँ नगद गरी कुल ७ प्रतिशत अर्थात् ७ करोड ३० लाख ५६ हजार ६४२ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

Share News