५१ अंकले घट्यो बजार, साढे १० अर्बको कारोबार

<p>काठमाडाैं । आज मंगलबार सेयर बजारमा भारि गिरावट आएको छ । आज ५१.११ अंकले घटेर नेप्से २ हजार ७ सय २.६५ विन्दुमा ओर्लिएको छ । आज २२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २० कम्पनीको मूल्य वृद्धि भएको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा [&hellip;]</p>

काठमाडाैं । आज मंगलबार सेयर बजारमा भारि गिरावट आएको छ । आज ५१.११ अंकले घटेर नेप्से २ हजार ७ सय २.६५ विन्दुमा ओर्लिएको छ ।

आज २२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २० कम्पनीको मूल्य वृद्धि भएको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादि ग्रुप पावरको भएको छ । न्यादि ग्रुपको ४६ करोड ६९ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा समृद्धि फाइनान्सको २९ करोड ८ लाख, पोखरा फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख र सिंघटी हाइड्रोको २३ करोड ७५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज सबै सब इन्डेक्स रातामै भएको छ । होटल समूह सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ ।

Share News