आज ११ अर्ब बढीको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

<p>काठमाडाैं । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ । आज ४.९८ अंकले बजार बढ्दा ११ अर्ब बढीको कारोबार भएको छ । यस दिन २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो । आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा [&hellip;]</p>

काठमाडाैं । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ । आज ४.९८ अंकले बजार बढ्दा ११ अर्ब बढीको कारोबार भएको छ ।

यस दिन २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो ।

आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक र २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस दिन उन्नति सहकारी लघुवित्त, स्वाभिमान लाघुवित्तको सेयर मूल्य समान १० प्रतिशतका दरले वृद्धि भएको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

समृद्धि फाइनान्स र गुरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ ।

Share News