आज सेयरधनी बने अपि पावरको लाभांश पाइने

<p>काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली कात्तिक २ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०८१/८१ को [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली कात्तिक २ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८१ को खुद नाफाबाट चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजारको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रायोजनका लागि नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।

यसअघि ९ प्रतिशत वोनस सेयर र ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको हो ।

लाभांश पारित गर्न कात्तिक १९ गते होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सभाले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शतप्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभामा सेयरधनीहरुबाट १ जना महिला, १ जना स्वतन्त्रसहित ५ जना सञ्चालकको निर्वाचन हुनेछ ।

Share News