कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

<p>काठमाडौं । कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरंगसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरंगसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देसहरू विकास गरि नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share News