कुमारी क्यापिटलले घोषणा गर्याे इक्वीटी फण्ड र धनबृद्धि योजनाको लाभांश

<p>काठमाडौं । कुमारी क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको हो । भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको हो । कम्पनीले कुमारी [&hellip;]</p>

काठमाडौं । कुमारी क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन कुमारी क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको हो ।

भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएको हो ।

कम्पनीले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

Share News