पौने २ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै राष्ट्रिय सहकारी बैंक, अन्य सूचकमा पनि खस्कियो

<p>काठमाडौं । गत वर्ष राष्ट्रिय सहकारी बैंकले पौने २ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । बैंकको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकले २० करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खराब कर्जा बढेका कारण नाफा ऋणात्मक हुन [&hellip;]</p>

काठमाडौं । गत वर्ष राष्ट्रिय सहकारी बैंकले पौने २ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । बैंकको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष बैंकले २० करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खराब कर्जा बढेका कारण नाफा ऋणात्मक हुन पुगेको हो । अघिल्लो वर्ष ७.९५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २१.९१ प्रतिशत पुगेको छ ।

गत असारसम्म बैंकले १ अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ४ करोड ७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १० करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ७ करोड ५० लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सेयर पुँजी २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ छ भने जगेडा कोष ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ रहेको छ । तर, सञ्चित नाफा भने २ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६२.८९ रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ७.२८ रुपैयाँ थियो ।

Share News