सामान्य अंकले बढ्यो सेयर बजार, १३ अर्ब ९१ करोडको कारोबार

<p>काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८ को विन्दुमा पुगेको छ । यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८ को विन्दुमा पुगेको छ ।

यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

यस्तै शिवम् सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यस दिन सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

Share News