काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ को विन्दुमा कायम भएको हो ।
आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ ।
आज जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ १.४८, विकास बैंक एक दशमलव ८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ । लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ ।
सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता सेयर किनबेच भएको छ ।