५३ अंक बढ्दै नयाँ सरकारलाई लगानीकर्ताले गरे स्वागत, साढे ७ अर्बको कारोबार

<p>काठमाडौं । नयाँ सरकार बन्ने भएपछि सेयर लगानीकर्ता उत्साहित भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । आइतबार सेयर बजारमा हरियाली छाएर नयाँ सरकारको स्वागत गरेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.९७ अंक बढेर २ हजार २५७.५९ अकमा बन्द भएको छ [&hellip;]</p>

काठमाडौं । नयाँ सरकार बन्ने भएपछि सेयर लगानीकर्ता उत्साहित भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

आइतबार सेयर बजारमा हरियाली छाएर नयाँ सरकारको स्वागत गरेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.९७ अंक बढेर २ हजार २५७.५९ अकमा बन्द भएको छ । नेप्सेका अनुसार आज दिनभरिमा ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९७ हजार २७४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । रिडी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता १८३.७० रुपैयाँ, माण्डु हाइड्रोपावरको १० प्रतिशत बढेर १ हजार ३५७.४० रुपैयाँ पुगेको छ । यस्तै, हिमाल दोलखा हाइड्रोको ९.९३ प्रतिशत, अरूण भ्याली हाइड्रोको ९.३७ प्रतिशत र जानकी फाइनान्सको ९.९५ प्रतिशत सेयर मूल्य बढेको छ ।

आइतबार जानकी फाइनान्सेको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोड २७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ समूह ३.७४ प्रतिशत, विकास बैंक समूह १.२० प्रतिशत, फाइनान्स समूह १.३३ प्रतिशत, होटल तथा पर्यटन समूह १.०७ प्रतिशत, जलविद्युत समूह ३.३० प्रतिशत, लगानी समूह १.३० प्रतिशत, जीवन बीमा समूह २.०५ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.६६ प्रतिशत, लघुवित्त समूह १.२६ प्रतिशत, निर्जीवन बीमा समूह १.२६ प्रतिशत, अन्य समूह १.९९ प्रतिशत र ट्रेडिङ समूह २.२१ प्रतिशतले बढेको छ ।

Share News