गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् ।

Share News