६ अर्बको कारोबार हुँदा सेयर बजार परिसूचक २१ सयको विन्दुमा

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४० को विन्दुमा कायम भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यस्तै, ३२५ कम्पनीको १ करोड ४० [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४० को विन्दुमा कायम भएको छ ।

आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ ।

यस्तै, ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसदिन यो कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् ।

यस दिन सबैभन्दा धेरै गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Share News