काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्ने भएपछि नेप्से परिसूचक ४ प्रतिशत बढेर केही समयका लागि बन्द भएको हो ।
नेप्से सूचक ४ प्रतिशत बढ्दा पहिलो सर्किटमा २० मिनेटको लागि कारोबार बन्द हुने व्यवस्था छ ।
बजार खुलेको २ मिनटेमा ८२.४८ अंकले बढेको हो । काँग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ ।
२ मिनटेको अवधिमा २२२ कम्पनीको २ लाख २४ हजार ६६ कित्ता सेयर १ हजार ४९९ पटक खरिदबिक्री हुँदा ८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
साथै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।