काठमाडौं । नयाँ सरकारको गठन प्रक्रिया अघि बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक प्रिओपन सेसनमा ३२.४४ अंकले बढेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्ने लगभग पक्कापक्की भएपछि सेयर बजारको प्रिओपन सेसनमा उचाल आएको हो ।
साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । प्रिओपनमा १७८ कम्पनीको ६५ हजार ३२२ कित्ता सेयर ६७३ पटक खरिदबिक्री हुँदा २ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।