प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया

<p>काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता अर्थात ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर निष्कासन गर्नको लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

Share News