काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३२० स्टकको ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको थियो ।
मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ । कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १२ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये वित्त ०.३४ र उत्पादन तथा प्रशोधन उपसमूह ०.३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूह घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ ।
सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।