काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३०५ स्टकको ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ०.४५ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड ०.१४ र ट्रेडिङ समूह ०.२२ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ ।
नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ । फाइनान्सको सेयरमूल्य ९२ रुपैयाँ ८० पैसा बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ ।