नेप्से ५.६० अंकले बढ्दा लगानी समूहमा झुम्मिए लगानीकर्ता

<p>काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । बढेसँगै नेप्से २०७१.७७ को बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । केहि दिन यता निरन्तर [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ ।

बढेसँगै नेप्से २०७१.७७ को बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ३१९ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

केहि दिन यता निरन्तर बढ्दै आएको फाइनान्स समूह सबैभन्दा धेरै २.१५ प्रतिशतले घटेको छ । यो समूह सोमबार सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको थियो भने आइतबार यो समूह सबैभन्दा धेरै ५.४९ प्रतिशतले बढेको थियो ।

मंगलबार लगानी समूहमा लगानीकर्ता झुम्मिएका छन् । यो समूह १.७० प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ सूचकमध्ये ८ समूहमा हरियाली छाएको छ भने ५ समूह घटेको छ ।

कारोबार रकमको आधारमा आरएसडिसी सबैभन्दा शिर्ष स्थानका रहेको छ । कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News