हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै

<p>काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर [&hellip;]</p>

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।

कम्पनीले गत पुस ११ गते साधारणा बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त बाँडफाँड गरिएको सेयरमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

Share News